यसपटक नेताले हैन जनताले पो राजनीतिलाई भकुण्डो बनाए !
नमागेको अर्ती उपदेश,सल्लाह दिन खोजेको हैन निर्देशन आदेश उपदेश दिने अरु नै प्रभावशाली छन् भन्ने थाहा छ तर पनि प्रथम सत्य अन्तिममा मात्र थाहा हुन्छ ।शहीदलाई सम्मान गरिदैन,सिर्फ प्रयोग मात्र गरिन्छ । आधुनिक क्रान्ति सत्तालाई मात्र बलियो बनाउँछ जनतालाई हैन,अल्बर्ट कैम अल्बर कामू,अल्बर्ट कैमस,साहित्य लेखक,दार्शनिक,फ्रान्स) । सत्ता जब अहङ्कारलाई सिमित गर्न सक्दैन तब लोकतन्त्र तानाशाहमा परिणत हुन्छ, जो सत्तामा आज छन् उनिहरुको व्यबहारले उनीहरु शोषक सामन्त र तानाशाह हुन कि जस्तो लाग्छ । जनताको खवरदारिबाट डराएको सत्ताले अभिव्यक्तिको स्वतन्त्रतालाई चुटकिला बनाउछ (मृदुला गर्ग,वरिष्ठ साहित्य लेखिका भारत,प्रेमचन्द जयन्ती समारोह २०२५ महात्मा गान्धि समेत सम्पादक मण्डलमा हुनु भएको प्रेम चन्दले ई.सं.१९३० मा स्थापित हाल राजेन्द्र यादवद्वारा सञ्चालन भै रहेको हंस साहित्यक पत्रीकाद्वारा आयोजित )। लोकतन्त्रबाट नै तानाशाहीको जन्म हुन्छ(प्लेटो,द रिपब्लिका छ अध्याय) । तिमि नेताहरुले अबैध धन सम्पत्ति दुई हातले सोहोरेका छौ,तिमिहरुको आर्थिक हैसियत राजनीतिमा लाग्नु भन्दा अगाडि कस्तो थियो र अहिले कस्तो छ भन्ने कुरा छर्लङ्ग भएकोले जाँचबुझ आयोग गठन गरेर जफत कारबाही हुनेछ,पार्टी सिद्धान्तले चल्छ(जब विचारमा पतन हुन्छ आचार पनि पतन हुन्छ,सुर्यको सम्मान,कदर अध्यारो भएपछि नै बढ्छ,पार्टीमा गलत मान्छेको प्रवेश त शुरूवात भै सकेको थियो अब सत्तामा जान अरु पार्टीका सांसद खरिद गर्ने जस्ता गलत तौरतरिका पनि शुरु हुन थालेछ,कसैको बैशाखिमा सरकारमा जानू गलत हो । मन्त्रीमण्डलमा त परिवर्तन भै रहन्छ,कुकुर यदि कुर्सीमा बस्यो भने पनि उ मालिक हुन सक्दैन र त्यसलाई कुर्सीबाट तल झार्नु पर्छ। (मोइद उद दिन,सम्बाद लेखक,गड एण्ड गन भारतीय चलचित्र ई.सं.१९९५) । हिजो चप्पल लगाएर हिड्ने नेताहरुको अहिले काठमाडौँमा घर छन। उनका गाडि छन्,उनिहरूका छोरा छोरि महङ्गा स्कुलमा पढ्छन्। दुर्गा सुवेदी,बरिस्ठ नेता,नेका,बि.सं. २०५७ सार्थक विचारहरुको सम्झना भैदिदा जेन जि को विरोध प्रदर्शनमात्र हो या यसको ध्यय शेर बहादुर र खड्ग प्रसादलाई तह लाउनु मात्र थियो कि बिश्व महाशक्तिका दूरगामी रणनीतिको तत्कालीन कार्यनीतिक थ्रेट टुलकिट को प्रयोग या पञ्चायको समयमा वर्तमान रास्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपको एक पसलमा भएको चीनका अध्यक्ष माओको तस्वीरलाई लात्तीले हुत्याएको(सुनेको) तराई मधेस आन्दोलनमा बीपी मनमोहन भानुभक्त बिरेन्द्रका सालिक ढालेर लात्तीले थिचेको जस्तै गरेर पुष्पलाल मदन भण्डारीको सालिकलाई लात्तीले हान्दै बीपी निवासमा आगो लगाउनको लागि मात्र थियो ? लगायतका प्रमाण बिनाका भन्नलेख्न सुनाउन नमिल्ने हल्ला,चियापानका अनेकौँ गफले गर्दा कानूनको विद्यार्थी समेत भएकोमा मलाई पनि खुलदुली जागेकोले पेन्सनधारीको आचरणको सिमाभित्र रहेर केही सकारात्मक गन्थन गर्न मन लाग्यो । (१) हामी उम्मेदवारलाई चिन्दैनौँ देखेको पनि छैन,कुन पार्टी हो थाहा छैन,सङ्ख्या पुगेमात्र बालेन प्रधानमन्त्री हुने भएकाले घण्टीमा छाप हान्नु पर्छ । एक पटक अवसर घण्टीलाई दिने हो,राम्रो काम गरेनन् भने गोद्ने हो ।

तराईमा स्थानीय तथा नेपाली भाषी दुबै समुदायका मात्रै हैन हिमाल पहाड सबै भौगोलिक खण्डका बहुमत नेपाली मतदाताको मन मष्तिस्कले जात पहिचान वर्ग धर्म सम्प्रदाय राजनीतिक दर्शन भौगोलिक क्षेत्र बिर्सेर परमात्माले परमादेश जारी गरे पनि यसपटक पालना नगर्नेगरी पहिले नै उपरोक्त्त अनुसारको मनोबैज्ञानिक आधार बायोलोजीकल पावरको प्रभावले अडान लिईसकेको थियोे । ई.सँ.२०१९ को भारतीय लोक सभामा उम्मेदवार,दल थाहा नभए पनि काश्मिर देखि कन्या कुमारीसम्म मोदी को भोट देवे,एक छाप लगावेु भन्ने भारतीय जनताको मनोबिज्ञान यस्तै थियो,हिन्दुस्तानको केरलममा बामपंथी सरकारले गरेको कामले प्रशंसा पाएर केरला मोडेल नै चर्चामा आएको छ जबकि भारतका अर्का बामपंथीले किसान र तल्लो वर्गभन्दा दलाल पुँजिपतिको हितको खातिर जन दमन गर्न लाग्यो ममता बनर्जीले काङ्ग्रेस छोडेपछि नयाँ दल टीएमसी खोल्दै पुरै माहोल बनाएर पश्चिम् बङ्गालमा पुराना दललाई सबक सिकाएको जस्तै गरेर अहिले रास्वपाले बामपंथी सहित अरु पुराना दललाई सङ्कटमा पारिदिएको देखिन्छ,वि.सं.२०५२ मा तत्कालीन प्रम मनमोहन अधिकारीले विघटन गर्नु भएको संसदलाई वेस्ट मिनिस्टरको संवैधानिक प्रचलन अनुसार भन्दा अलि बेग्लै बिबादास्पद तवरमा सर्बोच्च अदालतले पुनःस्थापन नगरेको भए तराई मधेस सबैतिर एमालेको लहर आइसकेको थियो । नेपाली प्रथम जन निर्वाचित प्रम बीपी तथा पञ्चायती व्यवस्था पछिको प्रथम जन निर्वाचित प्रम गिरिजाप्रसाद कोइरालाको पालामा पनि अहिलेको जस्तै जनलहर आएको थियो । असन्तुष्टि काङ्ग्रेस हूँ म त घण्टीमा भोट हाल्ने हो अब त (चितवनका एक पुराना काङ्ग्रेस बुबाले मिडियामा गाएको गीतको भाइरल व्यापक विस्तार भएको भिडियो) । मैले त सत्तामा जानको लागि भन्दा पनि पुराना दलहरुलाई खवरदारी गरेर सुधार होलान् भनेर रास्वपा गठन गरेको थिएँ । (मुकुल ढकाल,रास्वपा नेता) । म यहि रोष्टमबाट बुद्धलाई भाकेर अहिलेका केही अनुहार ८४ को चुनाव पछि यो संसदमा न देखिउन भन्ने कामना गर्छु (कान्छाराम तामाङ्ग, सांसद प्रतिनिधिसभा ,पुर्ब राज्यमन्त्री,रामेछाप,नेका) । बालेन र हर्क त एउटा झिल्को मात्र हुनू(पुर्व प्रम डा. बाबुराम भट्टराई,वि.सं.२०७९ अशोज १,संसदमा मन्तव्य) । मोरङ्गको स्थिति के छ ? भुसको आगो जस्तै भित्र भित्रै पुरै घण्टीमय छ (मैले बिराटनगरमा साथीहरूलाई जिज्ञाशा राख्दा अधिकांशबाट यहि जवाफ पाएको पत्यार लाग्दैनथ्यो)।
(२) निर्वाचनमा जब मुद्दा कुनै एकप्रति गाली गलोजमा केन्द्रित हुन्छ जनताको स्थापित मनो विज्ञानले स्विकार्दैन,चौकिदार चोर है,फेकुजस्ता सिर्फ मोदि केन्द्रित गाली गलोजलाई भारतीय काङ्ग्रेसका र त्यसको नेतृत्वको युपीय गठ्बन्धनले ई.सं.२०१९ को लोकसभा निर्वाचनमा प्रचार औजार बनाएझैँ नेपालको मध्यावधि निर्वाचन वि.सं.२०८२ मा पनि लुसिफर,सहकारी ठग,नेपाली जेलेन्सकि,विध्वंसकारी,गजडि,र्र्यापर गिदाङ्गे,स्टन्टबाज जस्ता ब्यक्तिगत गालीगलोजमा पुराना दल लागे जुन प्रत्युत्पादक ठहर भयो,जनताले पत्याउनै मानेनन् । तर,केपि ओलिलाई हत्यारा भनेर आरोपित गर्दा तत्कालीन सरकारसँग असन्तुष्ट जनमनले भने त्यो आरोपको अनुमोदन गरेको रहेछ ।
(३) “There is not past,not future;everything flows in an eternal present”(James Joyce,Writer, Ireland)। निर्वाचन एक घटना हो ,घटनाको परिणाम देखिन्छ ,घटनाको दूरगामी अशर सकारात्मक वा नकारात्मक के हुन्छ त्यो घटनाबाट लाभ लिनेको ब्यवस्थापन एवं ब्यवहारमा भरपर्छ । “Wrong doesn’t cease to be wrong because the majority share in it”( Leo Tolstoy- Lev Nikolayevich Tolstoy,Writer,Russia) भन्ने यस बिचारप्रति न्यायपुर्ण नैतिकताबद्ध सदभावनायुक्त्त ब्यवस्थापन एवं ब्यवहार गर्नको लागि गहिरिएर मनन गर्न सबैलाई छुट छ । आफ्नो दलप्रती नै बिकर्षण र अरु दलप्रती आकर्षण भएपछि रोजाइ,छनोटप्रति जनताको आतुरताले मुद्दा एजेन्डा,ईमानदार(स्वच्छ छवि,दुख पाएका काम राम्रै गरेर जनताले उच्च सम्मान दिएका उरन्ठेउला ,ठग,तस्कर,डाका,अपराधी,माफिया,फटाहा,राष्ट्रवादी अराष्ट्र्वादी,चुनावमा जति पनि खर्च गर्न सक्ने धनि आदि इत्यादी उम्मेदवार भन्ने तर्फ मतदाताको वास्ता हुने रहेनछ भने अर्कोतिर जनताको आकर्षण भएको दलका उम्मेदवार स्वयंलाई आफू को हूँ र देशप्रति मेरो के जिम्मेवारी होला,राजनीति भनेको कस्तो होला आदि इत्यादी भन्ने नै थाहा नहुन सक्छ । निर्वाचनमा माहोलको भुमिकाले मनोविज्ञान र छनोट परिवर्तन गर्न सक्छ । (४) नेपालको मध्यावधि निर्वाचन २०८२मा भारतको आम निर्वाचन ई.सं.२०१९ को जस्तै संवैधानिक रूपमा प्रतिपक्ष नै नहुने तवरले बिजय भएकोमा घण्टीलाई(जति जनताले साथ दिए ती सबै दलका जनता पनि हुन,थिए,किन मतदानमा कम सहभागिता भयो,किन आफनै पार्टी कै कार्यकर्ताले समेत नेका,नेकपा,एमाले,राप्रपा र मधेसबादी भन्ने दललाई मत दिएनन् ? प्रतिनिधि सभामात्र विघटन गरेकोले सिर्फ ओलि सरकार विघटन गर्ने र चुनाव गराएर आफ्नो अनुसारको सरकार निर्माणकार्य सप्पन्न के पुर्व योजना तयार थियो ? किन रास्वपालाई अमेरिका,इजरायल,डीपस्टेट,बारबरा फाउन्डेसन,एमसीसी,एसपीपी,एनजीओ,वोर्ल्ड बैङ्क, आइएम,दलाई लामा टिओवीको समर्थक,जेनजी आन्दोलन हाईजैकर,युक्रेनी जेलेन्स्की मोडेलको पार्टी,नेपाल बाहिरबाट म्याच फिक्ख्सिङ्ग भएकाले इलेक्टेडु हैन सेलेक्टेड चुनाव हुन्छ भनेर बिरोध गर्ने गरिएको हो भन्ने जस्ता अरु जनचासो जनत्रास जन शङ्का औ जन बिबादको समाधान गर्दै,अग्रज नेताले खन जोत गरि बाली लाइदिएर हुर्केको बाली थन्क्याउन पाउँदा रोमान्चित त होइन्छ होला तर पुराना नेताहरूले इतिहासमा गरेको संघर्षको र देशको बिकासको निम्ति जे जति प्रयत्नशील हुनु भयो त्यो सबैको सम्मान गर्दै उहाँहरुलाई परिवर्तनको सकारात्मक कुरा सम्झाउने,राजनीतिबाट जनसेवा गर्न उमेरले छेक्दैन अपवित्र हठी लहडी प्रवृति नै बाधक हुने हुँदा जनताको भरोसाले जवाफदेहिता पनि बढाउछ भन्ने अवश्य बुझेका हुनाले हिजो जेन जि आन्दोलनमा सहभागी जनाएर आन्दोलनमा नयाँ सम्भावना खोजेको उत्प्रेरित गरेको उर्जा सृजना गरेको(प्रेरणा प्रदान गरेको ( इन्स्पाईरेसनल लिडरुको भुमिका निभाएर बादविवाद सम्बाद,संकल्प, विस्वास निर्माण गरेर आन्दोलनमा अघि बढेर निर्णय गर्ने नेता ईन्फ्ल्युएनसल लिडर दुबै लिडर अहिले रास्वपामा भएकोले “Leadership advice is endless.Be the leader who listens. Be the manager who takes decisive action. Be the colleague people can count on”(Cheryl Robinson .Are You An Inspirational Or Influential Leaders ? The Difference Matters. Forbes-forbes.com. Mar.10,2026) भन्ने सम्झेर,नयाँ सरकार गठन नहुदै फेरि निर्वाचन भयो भने अहिलेको जनमतले सृजना गरेको समर्थनको सुनामी स्वात्तै ह्रास हुनपनि सक्छ भन्ने हेक्का राख्दै अनावश्यक फुरफुर नगरी भिडको मनोविज्ञान समेत बुझेर रोमाञ्च भन्दा माथिल्लो हुन्छ राजनीति र दर्शनको जरुरी हुन्छ दिगो एवं टिकाउ हुन भन्ने सोचेर,भ्रष्टाचारको सम्बन्धमा सेलेक्टेड केही राजनीतिज्ञ कर्मचारीलाई छानबिन गरेपछि स्थिति बुझिने भएकाले यति बेला देखि उति बेला देखि भनी रहनु नपर्ला,पुर्वाग्रह नराखी,राजतन्त्र,सङ्घीयता,हिन्दु अधिराज्य प्रतिको जनमनको भावना बुझेर,अनुशासनबद्ध स्वतन्त्रतालाई देश र जनताको अवस्थामा अनुकुल हुनेगरी सबल गर्ने सुकुम्बासी छैनन् हुकुमबासीको रजगज छ बरु समय लागोस तर यो नक्कली सुकुम्बासीको धन्दा बन्द नै गर्ने,हिजो जेन जि बिरोध कार्यक्रममा सहयोग,सहभागीहुने केही समूह अहिले रास्वपालाई राष्ट्रबादी नभएको भनेर आरोप लगाउन थालेका छ्न रे भन्ने सुनिएको हल्लालाई मानवीय प्रवृति बुझेर हल्का नलिनु,अराजक प्रत्येक मिडियालाई ब्यबस्थापन गर्ने,छुद्र वाचक नहुनु,एकता तथा समाधानका कुरामात्र गर्नु,हरेक क्षेत्रमा देश र जनताको हितमा कायापलट हुने गरि काम गर्दा दुनियाँले जे,जे भने मानवअधिकार एवं प्रजातन्त्रको परिभाषा आफ्नै देश अनुकूल खोज्नु,भूराजनीतिक जटिलता तथा जनताको अहिलेसम्मकै शान्तिपूर्ण ब्यवहारले देश जोगिएको हो भन्ने बुझेर सबैलाई साथ लिएर सबै मित्रराष्ट्रलाई नेपालका साथी सम्झदै विस्वासमा लिएर -“Of all the means to insure happiness throughout the whole life,by far the most important is the acquisition of friends”(Epicurus,philosopher.Greece-Greek भन्ने दर्शन सम्झदै काम गर्नु,जनमतको सम्मान गर्दै भरपर्दो एवं बिश्वाशिलो सरकारको लागि शुभकामना सहित विनम्र बधाई देशको महत्त्वपूर्ण पदमा तराईका स्थानीय भाषीलाई लैजाने अहिले मात्र उठेको हैन । हिजो २०५१ सालमा एमाले महासचिव स्व मदन भण्डारीले महेन्द्र नारायण निधिलाई प्रम बनाउने प्रस्ताव सर्वोच्च नेता स्व गणेशमानसँग राखेर पोखरा चितवनबाट फर्केर आएपछि प्रक्रिया अघि बढाउने कुरा उहाँको जीप दुर्घटनाबाट देहावसान भएपछि अरुले चर्चा गरेनन् र मध्यावधि निर्वाचन भयो अनि गणतन्त्र आए पछि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रामराजाप्रसाद सिंहलाई नेपालको पहिलो राष्ट्रपति बनाउन कोशिश गर्नु भयो तर पछि नेकाबाट रामबरण यादव हुनु भयो र अब महोत्तरीका स्थानीय भाषी तराई बाशी श्री बालेन साह प्रम हुने निस्चित भैसकेको छ । यसरी तराई बासी स्थानीय भाषीलाई पहिले पनि प्रम र अरु पदको प्रस्ताव भै सकेको पाइन्छ ।
(५) “You don’t develop courage by being happy in your relationships everyday . You develop it by serviving difficult times and challenging adversity”(Epicurus). । छोटी छोटी वातोँ को,दिल पे मत लिजिए ,जो गिर गया हाथ से,उसे गिरने दीजिए पुराना सुफि कवाली । सुफि सफर सङ्गस,भारत ईसं २०२६ । अरु दललाई जनमनमा आफुप्रति किन विकर्षणको उभार आयो भन्नेमा आत्मा समिक्षा गरेर जनताको मन जितेर पुनः सत्तारोहणको शुभकामना १ (६) Not everybody is good-but your attitude can-be . Attitude is a choice .Happiness is a choice .Kindness is a choice .Giving is a choice .Respect is a choice .What ever choice you make makes you .Choose wisely ……Take responsibility of your happiness,never put it in other people’s hands……Instead of worrying about what you cannot control,shift your energy to what you can create.(Roy T.Bennett,Motivational author-political executive republican USA,2020. The Light in the Heart . Roy Bennett. Feb.2,2020). Every great and deep difficulty bears in itself its own solution .It forces us to change own thinking in order to find it”(Kliels Bohr,Danish-pioneer of quantum theory) । (७) राजनीतिज्ञ त हैन म तर स्वतन्त्र लेखनमा गन्थन गर्छु,सहिलाई सहि र गलतलाई गलत भन्न सक्दा कसैको झोला बोक्नु पर्दैन (जगदीशराज बराल,राजधानी दैनिक)। बालेनले महानपामा जे गरे त्यो त केहि पनि हैन,त्यो भन्दा धेरै गर्न दलहरुले सक्थे तर आफू केहि गर्न नसक्ने र बालेनले गरेको पनि आलोचना गर्ने र अवरोध पनि गर्ने नेताहरूप्रति जनताको गुनासो छू९जगदीशराज बराल । जनआस्था साप्ताहिक । मैले आफ्नो विचार एफएम,सोसल मिडिया युट्यूव चैनलमा दिन नचाहेकोले मिडिया कर्मी साथीहरूको गुनासो छ र पनि म बहसबाट पर नै बस्छु । राजनीतिमा नैतिकता,मुल्य, मान्यता, समझदारीको काम छैन भन्ने कुरा ५ सय वर्ष अघि नै मैकियावेलीले आफ्नो प्रशिद्ध कृति मार्फत भन्नू भएपनि तल्लो तहसम्म बिचार सिकाएको र माओले ६५ बर्ष अघि भन्नू भएको यदि हामीले आफ्नो धरातल बिर्सन गयौँ भने जनताले हामीलाई लखेटने छन् । भन्ने सम्झेर पार्टीको कार्यक्रममा आफ्ना कैडरलाई सम्झाउने मोहन बैध र पुष्प कमलको सङ्घर्ष(सङ्गठनबाट अभूतपूर्व आशा गरेका जनता पनि निराश भए,प्रथममा राजा त्यसपछि जनतामा रवि र तेस्रोमा बालेनप्रति जनताको आशा किन पलायो ? बीपी,मनमोहन, महेन्द्र,बीरेन्द्र,सुशील,मदन सबै बिर्सनु भयो । स्तुतिको तालीमा मख्ख किन परेका ? जेनजि को बिरोध कार्यक्रममा हेर ओलि तेरो देश जल्यो भन्ने राजाबादी पनि थिए अनि ओलिले चिनलाई देश बुझाई सके के हेर्नु हुन्छ म प्रम भए सब मिलाउछु भनेर रबि बालेनलाई उचालेर पुर्व प्रम पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटन गर्न लगाएको भन्ने अफवाह,हल्ला चलेको नै थियो त्यो निराधार अफवाह हल्ला किन चलाको होला साथै आफ्ना भनेर पालन पोषण गरेका एनजीओका मान्छेहरु नै जेन जि को बिरोध कार्यक्रममा आफ्नो सरकार विरुद्ध किन सहभागी भएका थिए भनेर आफ्नो कमजोरीको एवं देशमा के के समस्या छन भन्नेमा समिक्षा गर्न नलागेर गोदावरीको सभ्रान्त रिसोर्टमा चिल्ला सुकिलाको बीच गफ चुटाइमा जुवान का वड्ड्पन दिखा केु अनावश्यक अडानमा किन समय खर्चेको ? माथि शुरुमा उल्लेखित जनमनोबिज्ञान र बुढा बा को आफ्नो दलप्रतिको असन्तुष्टिले पनि प्रलयकारी राजनीतिक प्रकोपको सङ्केत दिएको कुरा छर्लङ्ग थियो,अन्तिम नहुदै प्रथम सत्य थाहा भइ नै सकेको अवस्था थियो,समयमा नबुझ्नुले कसैलाई दोष दिन सहज हुन्न । (वि.सं.२०८२ फाल्गुण २३ गतेको सामाजिक सञ्जालको भित्ताबाट )। तस्वीर सौजन्यः २०८२ भाद्र २३ गते महाराजगञ्जमा मयुर बसमा,यो छविचित्र जेनजि आन्दोलन बारे मेरो सत्याग्रहअनलाईन डटकममा बिधुतीय सस्करण समेत समावेश छ । ब्यङ्ग चित्र सौजन्यः सोसल मिडिया,सामाजिक सञ्जाल । सादर-विनम्र शुप्रभातम् !
















