मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा एक करोड रुपैयाँको कोष स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आवद्ध नहुने प्रतिबद्धता जनाएका छन् । १२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबारको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार, पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

उनले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताए । उनका अनुसार, संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने, सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताए । उनले हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *