रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठक पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको जानकारी दिइएको छ । बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गरिने रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टी वरिष्ठ नेता बलेन्द्र साहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । आजै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथको कार्यक्रम रहेको छ । शपथ सकिएलगत्तै रास्वपाको बैठक बस्ने जनाइएको छ ।
















