ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने,भोलि अदालतमा पेस गरिने
काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ । बालेन साह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान उनीहरूको निवासबाटै पक्राउ गरेको छ । ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।
शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार (भोलि) अदालत पेस गरिने भएको छ । आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ । ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने प्रहरीले बताएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको थियो ।
















