प्रतिसोध र धरपकडले भलो गर्दैन : निलाम्बर आचार्य

काठमाडौं । संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् । ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’ प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *