ओलीको पक्राउविरुद्ध प्रदर्शनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बालेन सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहान साढे ८ बजे बस्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार बैठकले ओलीको पक्राउविरुद्ध सरकारविरुद्ध प्रदर्शन तथा विरोधका कार्यक्रम तय गर्नेछ । सचिव बस्नेतले भनेका छन्, अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।
















