हप्तामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । अब एक साताामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्न नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उक्त निर्णय भोलि अर्थात चैत २३ गतेबाट लागु हुनेछ । अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *