काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति तोकिएको छ । शुक्रबारको प्रतिनिनिधिसभा बैठकबाट सभामुख डीपी अर्यालले आगामी २०८३ साल वैशाख ४ गते सभापतिको निर्वाचन गर्ने गरी मिति तोकेका हुन् । विषयगत समिति आजै गठन गरिएको हो ।