गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही – नेकपा संयुक्त

काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भनेर टिप्पणी गरेको छ । शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न माग गरेको हो । सो पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयसहित ११ बुँदे निर्णय भएको उल्लेख छ ।

जसको दोस्रो बुँदामा भनिएको छ, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’ यस्तै अर्को बुँदामा २०४८ देखिका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न पनि माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *