पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको पालिका अध्यक्ष जयवस्न तयादवले जानकारी दिए । उनका अनुसार बिहानैदेखि उक्त जग्गामा रहेको ३८० वटा घरटहरा खाली गराइएको हो ।

दुईवर्षदेखि खाली गराउने प्रयास गाउँपालिकाले गरिरहेको थियो । तर, त्यसमा मधेशका गृहमन्त्री केही दिनअघि चाँसो लिएर त्यहाँ पुग्दा खाली गर्ने योजना बनाएर अघि बढेको पालिका अध्यक्ष यादवको भनाइ छ । ‘अहिले पनि खाली गराउने काम भइरहेको छ । ३८० घर खाली गराइएको छ, मधेशका माननीय गृहमन्त्री फकिरा महतोको विशेष पहलमा यो भइरहेको छ’, उनले भने । यस्तै सोही गाउँपालिकाको मधुवनमा रहेको गुठीको २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम भइरहेको गृहमन्त्री फकिरा महतोले बताए । खाली गराउन ३ सयको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *