सीईओको राजीनामाबारे भ्रामक हल्ला फैलाइयो : इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे राजीनामा सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यहीन समाचार आएको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले सीईओ ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भनी भ्रामक र आधारहीन हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ । ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ’ बैंकले विज्ञप्तिमा भनेको छ । बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न बैंकले आग्रह गरेको छ । बैंकले ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वासलाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *