फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी
काठमाडौं । नेपालको पहिलो डिजिटल रिवाड्र्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘२.२ उत्सव’मा प्रयोगकर्ताहरूको अभूतपूर्व सहभागिता रहेको जनाएको छ। मुख्य एनिभर्सरी डे मा हजारौं प्रयोगकर्ताले मात्र २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए। उत्सवअन्तर्गत केएफसी, श्री एयरलाइन्स, आईएनआई सिनेमाज, अल्टिमा लगायतका लोकप्रिय ब्रान्डका विशेष अफरहरू उपलब्ध छन्। साथै, भाग्यशाली प्रयोगकर्ताले हुण्डाई वासिङ मेसिन, टाइटन घडी र अनर स्मार्टफोन जस्ता आकर्षक उपहारहरू समेत जित्न सक्नेछन्। प्रयोगकर्ताको उच्च उत्साहलाई मध्यनजर गर्दै कम्पनीले ‘पोस्ट २।२ डिल्स’ आगामी जेठ १४ गतेसम्म जारी रहने जानकारी दिएको छ। इच्छुक प्रयोगकर्ताले फोनपोइन्ट्स एप, ईसेवा वा फोनपे एपमार्फत सहजै यी डिलहरू रिडिम गर्न सक्नेछन्। फोनपोइन्ट्सले भविष्यमा पनि प्रयोगकर्तालाई थप लाभ हुने यस्तै आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
















