नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य र प्रधान भारी मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र सघईले ३० मत प्राप्त गरे। त्यसैगरी, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका वैद्य र प्रधानको जितसँगै महासंघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *