बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे ओटी
काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । त्यस्तै, कुनै कर्मचारी ओभरटाइम काम गर्न तयार हुन्छ भने यसबापत थप पारिश्रमिक प्रदान गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरूलाई श्रमसम्बन्धी कानुन र कर्मचारीसम्बन्धी राष्ट्र बैंकको निर्देशन पूर्ण रूपमा पालना गर्न निर्देशन समेत दिएको छ ।














