समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा अवस्थित प्रहरी कार्यालय बालकोटले आयोजना गरीएको जेष्ठ नागरिक सम्वन्धि समुदाय प्रहरी साझेदारी शान्ति पूर्ण एवं सुरक्षित समाजका लागि भन्ने जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जेष्ठ नागरिक समन्वय समितिको संचालक समितिको तर्फबाट संयोजक बिश्वनाथ ढुङ्गेल ,उपसंयोजक नारायण गुरागाई, सचिव शुभनाथ काफ्ले , कोषाध्यक्ष शुष्मा श्रेष्ठ, सदस्य लिलानाथ अधिकारी, बलदेव राउत, कल्पना गेलाल, सल्लाहाकार रामप्रसाद दवाडि,जिवनाथ अधिकारी ,पुण्यबहादुर सिलवाल लगायत करीव ६० जना जेष्ठ नागरिकहरुको उपस्थिति भएको थियो । आजको प्रत्यक्ष छलफल कार्यक्रममा जेष्ठ नागरिकहरुको तर्फवाट निम्न अनुसार माग राखिएको थियो।।

१. जेष्ठ नागरिकहरुका लागि छुटै एम्बुलेन्स व्यवस्था हुनु पर्ने ।
२. यस प्रहरी कार्यालयमा दरवन्दि थप गरीनु पर्ने ।
३. जेष्ठ नागरिक सम्वन्धि छुट्टै शिर्षकमा बजेट व्यवस्थापन हुनु पर्ने।
४. सरकाले यातायात सम्वन्धि जेष्ठ नागरिकहरुकालागि भाडा छुट दिने भनिएता पनि खासै अनुभूति प्राप्त अवसर पाईएको छैन । यातायात समितिलाई चिठ्ठि आदान प्रदान गर्नुका साथै सम्वन्धित सवै चालक तथा सहचालक व्यक्तित्वहरुलाई कार्यक्रममा समावेश गराई जेष्ठ नागरिकहरुले पाउने सुविधा
सरकारवाट तोकिएको भाडादर लिष्टमानै समावेश गरि सुचना प्रवाह गर्न लगाई सुबिधा दिनु पर्ने ।
५. सवारी साधन चलाउन सचेत गराई तिव्र गतिमा चलाउनेर आवाज फरक पारि हर्र्न बजाउने किसिमलाई रोकावट गरिनु पर्ने ।
६. समयानुसार गाउँ टोलमा साईरन नबजाई बेला बेलामा निरीक्षण गर्नु पर्ने ।

कार्यक्रममा प्रहरी कार्यालय सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटका प्रहरी प्रमुख पदम बहादुर बलायरलगायत अन्य कर्मचारी साथिहरुको पनि उपस्थित रहेको थियो । प्रहरी कार्यालय बालकोटमा आयोजना गरीएको आजको कार्यक्रम प्रहरी जवान रविन्द्र ठाकुरले सञ्चालन गर्नु भएको थियो ।अन्यमा यहाँ उपस्थित जेष्ठ नागरिकहरुका गुनासाहरु सबै समेटि म सम्वन्धित माथिल्लो निकायमा पुर्याई सक्दो सेवा गर्नेछु। साथै मैले गर्नु पर्ने जेष्ठ नागरिकहरुका लागि सेवा भावमा कुनै कसर बाँकि राख्ने छैन । अरु आई रहने केही राय सुझाव,सल्लाहहरु भएमा अझै सेवा गर्ने मौका पाउने थिएं भन्ने बाचाका साथ कार्यक्रम सम्पन्न भएको थियो ।














