कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप चारजनालाई सजग गराएको छ । बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतलाई पार्टीले स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो भएपछि सफाइ पाएका छन् । सर्लाहीका प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई सजग गराइएको छ । तीनैजनालाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *