परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । खनाल तीन दिन भारत भ्रमणमा रहनेछन् । भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।

भारत प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागको भ्रमणमा मुलुकको हितका विषयमा छलफल हुने जानकारी दिए । । नयाँ सरकारको प्राथमिकताका विषयमा पनि भारतसँग छलफल हुने उनको भनाइ छ । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *