पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनायौँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनाएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीमा ‘दाइ’ तह बनाउनु गलत भएको टिप्पणी गरेका हुन् । उनले क्रियाशील सदस्यतना लिएका जो कोही पनि पदमा आसिन हुन सक्ने उल्लेख गरे । उनले भने, “जहाँ गल्ती भएको हो त्यहीँबाट सुधार गरौँ ।

हामी सदस्यहरूसँग भएको ताकतलाई देखाउन चाहन्छौँ । जुन ठाउँको उमेदवार बन्ने हो त्यही ठाउँको क्रियाशीललाई बनाउन चाहन्छौँ ।” उमेदवारका लागि क्रियाशील सदस्यता अद्यावधिक सबैभन्दा ठूलो आधार रहेको उनको भनाइ छ । सभापतिको आचरणले सबै बर्बाद भयो भन्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाए । “तलबाट धुरी हेर्दा जलिहे पनि उस्तै देखिनु पर्छ । मुहान जहिले पनि सफा हुनुपर्छ,” उनले भने, “पार्टीलाई ठीक ठाउँमा राखौँ । सत्ताभन्दा पनि जनताको माझमा पार्टी पुर्‍याउँ । आफैँ सबै ठीक भएर आउँछ ।” उच्च आत्मविश्वासका साथ काम गर्न सभापति थापाले नेता, कार्यकर्तालाई आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *