मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री साहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आजै दुई मन्त्री थपिने जानकारी दिइन् । उनीहरू दुवैजनाको शपथ कार्यक्रम यस दिन दिउँसो ३ बजेका निम्ति तय गरिएको उनले बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *