काभ्रेमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको सनाखत

काभ्रे । यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६ जनाको सनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका २ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। ती मध्ये ६ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार रोशी गाउँपालिका ७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा ६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका ६ का ४५ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका ४ की २२ वर्षीया सुमि तामाङ छन्। बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए। बाँकी २ जनाको पहिचान खुलाउन सोधपुछ भइरहेको डिएसपी विष्टले जानकारी दिए। घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *