प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ,उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद छैन : सचेतक राई
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन साहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरे । सो क्रममा उनले इलाममा चिया उद्योगमा विगत तीन दिनदेखि लागेको तालाको विषय जानकारी गराए ।
‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रिमा ताला झुन्ड्याएको करिब ३ दिन भयो । भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ,’ राईले भने, ‘उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ । जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन् । तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन । यो योसँग सातौं पटक भयो ।’ यही विषय राख्दैगर्दा उनले प्रधानमन्त्री बालेनले अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै गरेको कटाक्ष प्रस्तुत गरे ।
















