सानिमा रिलायन्स लाइफ ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ बाट सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ‘१८औं कर्पोरेट विजनेश अवार्ड २०२६’ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ।

उक्त समारोहमा सानिमा रिलायन्स लाइफले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो। कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *