७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त
काठमाडौं । सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र साहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् । खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री साहले शुक्रबार नियुक्त गरेका हुन् ।

















