वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *