सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकद्वारा सर्वसम्मतिले पारित गरिएको छ। राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशको सरकार गठन र विघटन प्रक्रिया जटिल बन्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *