एनआईसी एशिया बैंकले दक्षिणकालीस्थित कृष्ण माविका विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीका लागि सामग्री सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ जनाभन्दा धेरै विद्यार्थीका लागि ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयलाई प्रदान गरेको छ ।

एक विशेष कार्यक्रमका बीच बैंकको काठमाडौं दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदीप रेग्मीले उक्त विद्यालयका प्रधानाध्यापक रमेश आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *