सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र अत्याधुनिक प्रविधिबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख एस।सी साबुको विशेष उपस्थिति रहेको सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा, लन्ड्री क्षेत्रका उद्यमी, व्यवसायी र प्रतिनिधि गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा एलजीका दुई प्रमुख कमर्सियल समाधान–एलजी जिएन्ट र एलजी टाइटनका प्राविधिक विशेषता र फाइदाबारे जानकारी गराइएको थियो । यी मेसिनहरु विशेष गरी होटल, अस्पताल, लन्ड्रोम्याट, अपार्टमेन्ट तथा डोर्मिटोरी जस्ता धेरै कपडा धुनुपर्ने व्यावसायिक क्षेत्रका लागि तयार पारिएका हुन् । कम्पनीका अनुसार यी मेसिनहरुले परम्परागत बेल्ट–पुली मोटरको तुलनामा २५.४ प्रतिशतदेखि ३२ प्रतिशतसम्म कम ऊर्जा खपत गर्दछ । त्यस्तै १० डिग्री टिल्टेड ड्रम उच्च धुलाई क्षमता कायम राख्दै पानीको खपत कम हुने कम्पनीको भनाइ छ । यी मेसिनहरु गाइरो ब्यालेन्सिङ सिस्टम टबको गति पहिचान गरी उपयुक्त वाशिङ एल्गोरिदममार्फत स्थिर र प्रभावकारी सञ्चालन गर्न सक्षम रहेका कम्पनीले जनाएको छ । त्यस्तै मात्र ३६ मिनेटमा धुलाई प्रक्रिया सम्पन्न गरी द्र्रुत सेवा प्रदान गर्न मेसिनहरु सक्षम रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *