नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाण्डौं । नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ। बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ।

यो विशेष योजना भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना भइरहेको नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिएका सवारी साधनका लागि लागू हुनेछ। सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *