सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो । बिहीबार बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । हेलिकोप्टर बाहेक थप ६३ जनालाई पनि सेनाले उद्धार गरेको छ ।

नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजारभन्दा बढी फौज खटिई खोज,उद्धार तथा राहत वितरण कार्य गरिरहेको सेनाले जनाएको छ । गएराति सेनाका ११ वटा टीमले जमिनबाट उद्धारका कार्य गरेको थियो । सेनाका ११ ट्रकद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको छ । हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जानकारी गराएको छ । साथै नेपाली सेनाको मेडिकल टीममा थप गरी त्रिशूलीमा घाइतेहरूको उपचारको कार्य गरिरहेको जानकारी गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *