महन्थ ठाकुरको मुटुको पेसमेकर फेरियो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर प्रतिस्थापन गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिएका हुन्। यसअघि उनले भारतको अस्पतालमा पेसमेकर लगाएका थिए। उपचार सफल भई ठाकुरको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।

उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको महासचिव झाले बताए। यसैबिच उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो अस्पताल पुगेका थिए। उनीसँगै पार्टीका महासचिव प्रकाश अधिकारी, सचिव शैलेन्द्र साह र केन्द्रीय सदस्य भुवनेश्वर चौधरी लगायतका नेताहरू पनि अस्पताल पुगेका थिए। त्यसैगरी आज राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका सहअध्यक्ष शरद सिंह भण्डारी र नेता मृगेन्द्र कुमार सिंह यादव लगायतका नेताहरूले पनि अस्पताल पुगेर संरक्षक ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *