राष्ट्र बैंकको निर्देशनपछि आज बैंक तथा वित्तीय संस्था बन्द नहुने

काठमाडौं। सरकारले जेनजी दिवसमा सार्वजनिक बिदा घोषणा गरे पनि आज बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो। रसुवालगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ। राहत रकमको निकासा तथा भुक्तानी, नगद व्यवस्थापन र उद्धारसँग सम्बन्धित वित्तीय कारोबार सार्वजनिक बिदाका कारण प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकिङ सेवा सञ्चालन गर्न लागिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *