भोटेकोशी बाढीपीडितका लागि मोडर्न स्कुल परिवारको ७ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग

भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सूर्यविनायक नगरपालिका–४, दधिकोटमा अवस्थित मोडर्न स्कुल दधिकोट र मोडर्न स्कुल सिर्जनानगरले ७ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ सहयोग गरेको छ। विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्देश्यले जिल्ला प्याब्सन भक्तपुरलाई हस्तान्तरण गरिएको हो।

भोटेकोशी बाढीबाट नुवाकोट, धादिङलगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको विद्यालयले जनाएको छ। मानवीय सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा दुवै विद्यालय परिवारप्रति मोडर्न परिवारले हार्दिक आभार व्यक्त गरेको छ। विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिनु नै मानवताको परिचय हो। मोडर्न परिवार—सेवामा सधैं एक कदम अगाडि।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *