भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु
चितवन । भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो।
दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना पुरुष जस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। आ गलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको सनाखत हुन भने बाँकी नै छ । के कारणले आग्लागी भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















