गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग घोषणा

काठमाण्डौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गन घोषणा गरिएको छ । बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम रु १६,२०,५५० (अक्षरेपी सोह्र लाख बिस हजार पाँच सय पचास मात्र) र बैंकको तर्फबाट नगद रु ३४,९०,५६१ (अक्षरेपी चौंत्तिस लाख नब्बे हजार पाँच सय एकछठ्ठी मात्र) समेत जम्मा रकम रु ५१,११,१११ (अक्षरेपी एकाउन्न लाख एघार हजार एक सय एघार मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।

साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायी कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५०,००,००० (अक्षरेपी पचास लाख मात्र) बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । गरिमा विकास बैंक लिमिटेडले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुर्नस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *