सगुन साकोसको २७औँ साधारणसभा सम्पन्न
सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। हरिवन–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा साधारणसभा भएको हो। ९६ वर्षीया ज्येष्ठ सदस्य टीका लक्ष्मी उप्रेतीले दीप प्रज्वलन गरी उद्घाटन गरेको सभामा संस्थाका कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य राखेकी थिइन् । सदस्य लम्बोदर काफ्लेले ‘शाब्दिक कोशेली’ कविता प्रस्तुत गरेका थिए भने सञ्चालक समिति सदस्य हरिप्रसाद पुडासैनीले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव विनोद कार्कीले गरेका थिए । सभामा आर्थिक वर्ष २०८२।८३ मा निधन भएका संस्थाका सदस्य तथा भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। बन्द सत्रमा ऋण उपसमितिको प्रतिवेदन रामप्रसाद घिमिरे, संस्थाको वार्षिक समीक्षा सचिव विनोद कार्की, वित्तीय विवरण तथा बजेट व्यवस्थापक रविन्द्र राना, नीति तथा कार्ययोजना उपाध्यक्ष राजकुमार उप्रेती र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक जयशंकर सिंहले प्रस्तुत गरेका थिए । साधारणसभाले संस्थाका १५ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले सदस्यलाई ६.१६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, संरक्षित पुँजी फिर्ता कोषअन्तर्गत बचत कारोबारका आधारमा २.५७ प्रतिशत र ऋण कारोबारका आधारमा १.९५ प्रतिशत रकम फिर्ता गर्ने प्रस्ताव पारित भएको संस्थाले जनाएको छ।

















