जेनजी आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले २०८२ भदौ २३,२४ को जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनको पूर्णपाठ अविलम्ब सार्वजनिक गर्न माग गरेको हो । स्वदेशी र विदेशी मिडियाहरूले सार्वजनिक गरिरहेका नयाँ तथ्यहरू, अन्तरिम सरकारका पदाधिकारी एवं छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूले घटनाका अनेकौँ षडयन्त्रहरूका पर्दा खुलाउँदै लगेको निष्कर्ष एमालेको छ । “सरकार भने भदौ २४ को राज्य विध्वंशको छानबिनलाई पञ्छाउँदै लैजाने, त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिने, भदौ २३ को घटनामा राजनीतिक नेतृत्वविरुद्ध दूषित मनशायका साथ अभियोजन गर्ने तर त्यस दिनको सुरक्षा कारबाहीहरूको यथार्थलाई भने लुकाउने षडयन्त्र गरिरहेको छ,” एमालेले भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *