राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो । दाहालकी छोरी डेनिकाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दाहाललाई रिहा गर्न आदेश दिएको हो । उनी असोज ४ गते मोरङको सुन्दरहरैंचा ८ सलकपुरस्थित चिया पसलबाट पक्राउ परेका थिए ।

दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *