अनुहार बदलेर हुँदैन, नयाँ क्रान्तिको आवश्यकता : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताका आशा, अपेक्षालाई निराशामा बदलिन दिन नहुने धारणा राखेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले इतिहासका गौरवलाई भविष्यको योजना र गौरवमा बदल्न सक्नुपर्ने बताए । सूचना क्रान्तिले ल्याएको नयाँ मनोविज्ञानलाई विचारधारात्मक क्रान्तिमा कसरी जोड्ने भन्ने प्रश्न महत्त्वपूर्ण भएको बताए । एमाले र कांग्रेसले आन्दोलनलाई नयाँ रूपमा संगठित गर्नुपर्ने आवश्यक रहेको बताए । “अनुहार बदलेर हुँदैन । सूचना प्रविधिको क्रान्तिले ल्याएको सामाजिक मनोविज्ञानमा बद्लाब ल्याउन नयाँ क्रान्तिको आवश्यकता छ,” उनले भने । त्यो क्रान्तिको उद्घोष गर्ने क्षमता कांग्रेसको महाधिवेशनले गरोस् भन्ने शुभकामना दिए ।

















