नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्याली, सभापति थापा सहभागी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्याली आयोजना गरेको छ । र्यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो ।
विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्लेराष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ । कांग्रेस महानगर समितिले आयोजना गरेको र्यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । र्यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

















