वर्तमान सरकार हुँदै नहुने विचित्रको काम देखाउन थाल्यो :  प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । काठमाडौंमा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै उनले विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् । “केही पनि भएन ३५ वर्षमा भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले, ।

उनले आफू नेतृत्वको तत्कालीन सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत उल्लेख गरे । वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले यसका कामकाज हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिएको टिप्पणी गरे । वर्तमान सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए । प्रचण्डले सुशासनका विरुद्ध लड्दा आफूहरूलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे । उनले कर्णालीको विकासका निम्ति आफूले विगतदेखि नै काम गरेको र शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा निकै प्रगति भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *