समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको बताए । उनले संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभाहल, रङ्गशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गरे । अध्यक्ष ओलीले विकासका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ । ‘आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो’, उनले भने, ‘मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ । कार्यक्रममा एमालेका केन्द्रिय सचिव महेश बस्नेत, बागमतिका मुख्यमन्त्रि किरण थापा, बचन देउजा र अन्य महानुभावहरुको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *