आफन्तले बुझे मृतकका शव,आजै सामूहिक अन्त्येष्टि
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका १३ जना मृतकको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिको विषय प्रतिवेदनमा समेट्ने सहमति भएपछि हेटौंडा अस्पतालबाट शुक्रबार साँझ शव उठाइएको हो । शव आजै सर्लाही लगेर सामुहिक दाहसंस्कार गर्ने तयारी छ । छठ मनाउन काठमाडौंबाट सर्लाही फर्किएका र चालकसहित १४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । चालकको शव बिहीबार नै परिवारले लगेका थिए ।
















