काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । शुक्रबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ । जितका लागि सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए । यस्तै, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लेन, फाबियन एलन र हेमन्त धामीले समान एक–एक विकेट लिए । यसअघि सुदूरपश्चिमले काठमाडौंलाई जितका लागि १२६ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि सुदूरपश्चिम ७ रनले विजयी भयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *