छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । छठ पर्वका अवसरमा नेपाल सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज शुक्रबार (कात्तिक २७) सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिइएको जनाएको हो। छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *