एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदै छ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौं आइसकेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।


















