स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोलायो ४०औं वार्षिक साधारण सभा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ४०औं वार्षिक साधारण सभा आगामी मंसिर २३ गते बुधबारका दिन आह्वान गरेको छ । बैंकको २०८३ कार्तिक २७ गते बसेको संचालक समितिको ४९५औं बैठकले वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिनका लागि सेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


















