त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् । विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि बरामद गरिएको सुनसहित त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *