एनआईसी एसिया बैंकद्वारा बाजुराको जनता माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयलाई विशेष सहयोग प्रदान गरेको छ । हिमाली गाउँपालिका–७, बाँधुस्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले विद्यालय पोसाक उपलब्ध गराएको हो । गत मंसिर ४ गते आयोजित एक विशेष कार्यक्रममा बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीका लागि उपलब्ध गराइएको विद्यालय पोसाक हस्तान्तरण गरेका थिए । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीको पठनपाठनलाई सहज बनाउनुका साथै गुणस्तरीय शिक्षा प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *