सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड सम्मानित

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। आर्थिक वर्ष २०८१।०८२ मा सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याए बापत कम्पनीलाई कदरपत्र सहित सम्मान गरिएको हो। राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ। यस सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी भई लगानी तथा वित्तीय सेवा विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनीको विश्वास छ। स्मरण रहोस्, सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि विगतमा आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *