ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका खेलप्रेमी तथा गल्फ खेलाडी सहभागी हुने बैंकले जनाएको छ। प्रतियोगिताको होल इन वान विजेताले आधुनिक स्कोडा एसयूभी गाडी प्राप्त गर्नेछन्। त्यस्तै, अन्य विधाका विजेताका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ। खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमीबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ। प्रतियोगिताले खेल, प्रकृति र आपसी सद्भावको अनुभव प्रदान गर्ने बैंकको विश्वास छ। प्रतियोगिता आयोजनाका लागि आईएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।

आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको जनाएको छ। ग्लोबल आईएमई बैंक सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *